हङकङ कोरोना अपडेट : २७ सङ्क्रमित थपिए, ३ ठाउंमा एम्बुस लकडाउन …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ फेब्रुवरी। हङकङमा २४ घण्टाभित्र थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,६३६ पुगेको छ। संक्रमितहरुमध्ये २४ स्थानीय र ३ जना आयातित रहेका छन्।

संक्रमितहरुमध्ये १८ पुराना केससंग संबन्धित छन् भने ६ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा ३ वर्षदेखि ७८ वर्ष उमेर बीचका ९ पुरूष र १८ महिला रहेका छन्।

एयरपोर्ट थ्री रनवे सिस्टम निर्माण साइटमा काम गर्ने कोरोना सङ्क्रमितको क्लोज कन्ट्याकमा रहेका थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ९,८८७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५०५ जनाको उपचार भइरहेको छ। २३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ।

File Photo: TRTWORLD

आज पनि लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि ३ ठाउंमा एम्बुस लकडाउन जारी गरेको छ। मङ्ग कोक, क्वारी बे, र हुग होमका केही ठाउंहरुमा निषेधित क्षेत्र घोषणा गरी एम्बुस लकडाउन जारी गरेको छ।

Mong Kok
The Hoi Yu House of Hoi Fu Court Mong Kok — excluding Hoi Fu Shopping Centre
Quarry Bay
Wai Lee Building on King’s Road in Quarry Bay — excluding the Manly Plaza
Hung Hom
The Cheong Lok Mansion on Baker Street

माथि उल्लेखित भवनमा भोलि बिहानसम्म लकडाउन जारी गरेको छ। त्यहाँ बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गराइने जनाइएको छ।

Photo: thestandard.com.hk




Comments

comments

40520