हङकङमा नेपालीको गैरकानुनी धन्धा, यसरी पक्राउ परे नेपाली… !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० फेब्रुवरी। हङकङ प्रहरीले लाइसेन्सबिना बार सञ्चालन गरेको भन्दै एक नेपालीलाई शुक्रवार राति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २४ वर्षीय नेपाली पुरुष रहेको समाचार स्रोतले जनाएको छ। प्रहरीले ट्युन मुनको सान पिङ्ग सर्किट औद्योगिक भवनबाट उनलाई पक्राउ गरेको हो।

आपत्तिजनक हतियार राखेको, मादक पेय पदार्थ बिना इजाजतपत्र बिक्री गरेको र रोगहरूको रोकथाम र नियन्त्रण (नियमन र निर्देशन) उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ।

बरामद गरिएका पेय पदार्थ र हतियार

उसंगै १० पुरुष र ४ जना महिलाहरु पक्राउ परेका छन्। अनुमतिपत्रबिना सञ्चालित बारमा मदिरा पिएको भन्दै प्रहरीले उनीहरुलाई निश्चित जरिवाना तिराउन टिकट कटाएको छ।

प्रहरीले लाइसेन्सबिना सञ्चालित बारबाट टेलिस्कोपिक स्टिक, धारिलो हतियार, बियर, रक्सी र ठूलो संख्यामा अडियो-भिजुअल उपकरणहरू बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबै पुरुष र महिलालाई अनुसन्धानका लागि हिरासतमा लिएको जनाएको छ।

हङकङको ड्यूटीएबल कमोडिटी अध्यादेश / कानुन अनुसार जिम्मेवार व्यक्तिसँग मान्य मदिरा बेच्न इजाजतपत्र हुनु पर्दछ। इजाजतपत्रबिना ग्राहकलाई बिक्री गरे वा पिलाए उनीहरूलाई पुलिसले पक्राउ गर्न सक्छ। बार सञ्चालक दोषी ठहरिएमा अधिकतम १० लाख डलर जरिवाना र २ बर्षको जेल सजाय हुन सक्छ।

गत तिहारमा लाइसेन्सबिना सञ्चालित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा ८ जना नेपालीको ज्यान गएको थियो।





Comments

comments

40725