बेलायती राजकुमार ह्यारी र मेघन राजकीय जिम्मेवारीबाट अलग

एजेन्सी, ८ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्धितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकी पत्नी मेघन (डचेस अफ ससेक्स) लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग गर्नु भएको छ।

बकिंगघम दरबारबाट शुक्रबार जारी विज्ञप्तिमा दि ड्युक र डचेस अफ ससेक्सले सार्वजनिक सेवासँग जोडिएका कुनै पनि काममा राजकीय सदस्यको रुपमा जनाउने जिम्मेबारी र कर्तव्यलाई निरन्तरतादिने सम्भावना नरहेको प्रष्ट पारिएको छ।

यससँगै राजकीय सदस्यको रुपमा उहाँहरुलाई दिइएको सेनाको मानार्थ सम्मान,राजकीय सेवा सुविधा पनि उहाँहरुले महारानीलाई फिर्ता गर्नुपर्ने छ। राजकुमार ह्यारीसँगको छलफलपछि महारानीले लिखित रुपमा यस्तो जानकारी दिनु भएको हो । ह्यारी दम्पतिको यो निर्णयले सबैजना दुःखी भएपनि परिवारको सदस्यको रुपमा भने रहने विज्ञप्तिमा जनाइएको छ।

.
गतबर्ष ह्यारी दम्पतिले राजकीय पदबाट अलगभई स्वतन्त्रभएर कामगर्ने बताउनु भएको थियो । उहाँहरुले आर्थिक रुपमापनि स्वावलम्बीहुने बताउनु भएको थियो । गत वर्ष मार्चमा ह्यारी दम्पतिले औपचारिक रुपमाराजकीय गतिविधिमा सहभागिता नरहने जनाएपछि उहाँहरुको निर्णयलाई एक बर्षसम्म पुनरावलोकन गर्ने समय दिइएको थियो।

राजकीय सेवाबाट स्वेच्छाले बाहिरिएपछि ह्यारी दम्पति अमेरिका पुग्नु भएको थियो । एक सन्तानको अभिभावक भैसकेको यस दम्पति दोस्रो सन्तानको जन्माईको पर्खाईमा छन । गत फेब्रअरी १४ मादुवै जनाले दोस्रो सन्तानको पर्खाईमा रहेको तस्बिर सार्वजनिकगर्नु भएको थियो । हालै मात्र मेघनले बेलायतको चर्चित पत्रिका मेलविरुद्धको मुद्दा जित्नु भएको थियो । मेलले आफ्नो व्यक्तिगत र गोपनियपत्र सार्वजनिक गरेपछि मेघन अदालतपुग्नु भएको थियो। गोरखापत्रमा यो समाचार प्रकाशित छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40720