Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तपाईको आजको राशिफल


स्रोत: अन्नपूर्णपोष्ट

मिति: २०७२ बैशाख ७ सोमबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामाजिक मानप्रतिष्ठा वृद्धि हुनेछ। कुटुम्बसँगको सम्बन्धमा मधुरता आउनेछ। कलह बढ्नेछ। यात्राबाट लाभ मिल्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आदर्श व्यक्तित्वसँग भेट हुनेछ। आकस्मिक धनक्षय हुनसक्छ। आय आर्जन सामान्य रहनेछ। अध्यापनमा सुधार हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्ध सुधार हुनेछ। सामाजिक सद्भावमा विचलन आउन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरायसी समस्या बढ्नेछ। कुरा काट्नेहरू बढेछन्। धार्मिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। सन्तानबाट सहयोग हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दुर्लभ वस्तु प्राप्तिले मन प्रसन्न रहनेछ। खर्च वृद्धि हुनेछ। राजनीतिक तथा न्यायिक कार्यमा उल्झन यथावत् रहनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्राविधिक पक्ष सबल रहनेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। विश्वासपात्रबाट धोका हुनसक्छ। मित्र बढ्नेछन्।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अनावश्यक वादविवाद बढ्न सक्छ। खर्च वृद्धि हुनेछ। व्यवसायमा अवरोध आउनेछ। शारीरिक दुर्बलता बढ्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक सौन्दर्य वृद्धि हुनेछ। मन चञ्चल हुनेछ। दैनिक कार्यमा ढिलासुस्ती हुनेछ। पदोन्नति वा स्थानान्तरण हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
भाग्योदयको योग छ। राजनीतिक सक्रियता बढ्नेछ। प्रेमप्रसंग चल्नेछ। कार्यसिद्धि हुनेछ। विद्वान् व्यक्ति को सहयोग मिल्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
शत्रु सबल रहनेछन्। अध्ययनअध्यापनमा सन्तुष्टि मिल्नेछ। सम्मान बढ्नेछ। मित्र सहयोगले कार्य सफल रहनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कर्मप्राप्ति हुनेछ। अधुरा काम पूरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक वृद्धि हुनेछ। मन प्रफुल्ल रहनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आम्दानीका स्रोतहरू बढ्नेछन्। व्यावसायिक परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनेछ। प्रतिष्ठा प्राप्त होला।





Comments

comments

4084