गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ


सौरभ श्रेष्ठ
/ एचकेनेपाल डट कम –

धरान, गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन्। उनलाई प्रदेश १ मा कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पुर्याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको हो।

गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले श्रेष्ठलाई प्रदेश १ को संयोजकको जिम्मेवारी सुम्पिएका हुन् । तुलाधरले शुक्रबार संयोजक श्रेष्ठलाई नियुक्तिको पत्र पनि हस्तान्तरण गरेका छन्।

.
अभिषेक श्रेष्ठले यसअघि गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको बक्सिङ प्रतियोगितामा प्रदेश १ को संयोजकको भूमिका निर्वाह गर्दै आएका छन्।

गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएपछि खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। स्पोर्ट्स कमिटीकै आयोजनामा शनिबार ‘वीर गणेशमान सिंह टेन–के रोड रेस आयोजना हुँदैछ। यस्तै गत फागुनमा काठमाडौंको स्युचाटारमा आयोजना भएको बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगितालाई पनि कमिटीले विशेष सहयोग गरेको थियो। कमिटीले सन् २०२१ को वार्षिक क्यालेन्डर नै प्रकाशित गरी विभिन्न कार्यक्रम गर्ने कमिटीका संयोजक तुलाधरले जानकारी दिए।





Comments

comments

41136