हङकङ कोरोना न्युज अपडेट : सङ्क्रमित संख्या ८ मात्रै…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा ८ जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,३७२ पुगेको छ।

संक्रमितहरुमध्ये ७ स्थानीय र १ जना आयातित रहेका छन्। आयातित केसमा फिलिपिन्सबाट फर्केका एक जना रहेका छन्।

सङ्क्रमितहरुमध्ये ६ पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,८३७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २८० जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०३ पुगेको छ।

फाइल फोटो




Comments

comments

41140