प्रशान्त र लिभा बने मिस्टर एण्ड मिस थारु (फोटोफिचर)

राजु चौधरी –

१४ चैत चितवन, तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन्। चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन्।

.

कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ? जुन चाँही आफूमा र परिवारमा ल्याउनु भएको छ, जुन सम्झिदा यहाँ गर्व गर्नुहुन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी हुन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन्।

.

यस्तै प्रतियोगितामा सुनसरीकी श्रुति गच्छदार फष्ट रनरअप भइन् भने सुनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् । श्रुतिलाई २०१८ की फष्ट रनरअप सुनेश्वरी कुमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन्।

त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड श्रुति गच्छारले जितिन्।

.

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त हुजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र चुनौती भोग्न बाध्य भइरहेको बेला पुरुषहरुले कस्ता समस्या र चुनौतीको सामना गर्नु परेको छ ?’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन्।

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आशकुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आशकुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे।

.

त्यसैगरि बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त हुजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते।

प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे । उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे।

.

फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विगतमा काठमाडौंमा हुँदै आइरहेको प्रतियोगिताका फाइनल प्रतिस्पर्धा यसपटक राजधानी बाहिर पहिलोपटक कार्यक्रम गरिएको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो।

यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन्।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41254