हङकङ कोरोना न्युज अपडेट : लोकल केस १ मात्र, ६ आयातित …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० मार्च। हङकङमा आज मंगलवार पनि स्थानीय कोरोना सङ्क्रमित १ जना मात्र थपिएको छ।

यद्यपि २४ घण्टामा हङकङमा ६ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४६२ पुगेको छ।

आयातित सङ्क्रमितमा युक्रेनबाट २, टर्कीबाट १, इन्डोनेशियाबाट १, फिलिपिन्सबाट १ र पाकिस्तानबाट आएका १ जना रहेका थिए।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,०८५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३४ जनाको उपचार भइरहेको छ। ९ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




41299
%d bloggers like this: