हङकङ कोरोना न्युज अपडेट : स्थानीय १ सङ्क्रमित, आयातित ५…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ मार्च। हङकङमा आज बुधवार पनि स्थानीय कोरोना सङ्क्रमित १ जना मात्र थपिएको छ।

यद्यपि २४ घण्टामा हङकङमा ५ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,४६८ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट ३, टर्कीबाट १ र अमेरिकाबाट आएका १ जना रहेका थिए। स्थानीय सङ्क्रमितको सङ्क्रमणको स्रोत खुलेको छैन।

कुल सङ्क्रमितहरूमा २५ देखि ५३ वर्ष उमेर बीचका २ पुरूष र ४ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,०९५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३१ जनाको उपचार भइरहेको छ। ९ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41303