भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ।

भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो।

हाल गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये आठ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ।

फाइल फोटो

जसमध्ये ४६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बुधबार दिउँसो सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

चैत २० गते यता भारतबाट आउनेमा कोरोना सङ्क्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित विकले बताए।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ।





Comments

comments

41494