लन्डनमा भर्चुअलरूपमा नेपाली नयाँ वर्ष मनाइयो

कोमल मल्ल –
लन्डन, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युके र नेपाली साहित्य विकास परिषद् यूकेले संयुक्तरूपले नेपालीनया वर्ष २०७८ गीत, सङ्गीत र कविता वाचन गरी साहित्यसाँझकोरूपमा मनाएका छन्।

जुम प्रविधिबाट भर्चुअलरूपमा आयोजना गरिएको उक्त समारोहलाई सम्वोधन गर्नुहँदै प्रमुख अतिथि यती संस्थाका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी अभिभावक डा.राघवप्रसाद धितालले हामी जहाँ बसे पनि हाम्रो भाषा साहित्य संस्कृतिसँगै ल्याएका छौँ र यही नै हाम्रो नेपाली परिचय, पहिचान शक्ति र एकताको प्रतिक हो हामी सबैले जोगाएर भावी सन्ततिहरूमा सार्दै जानु पर्दछ भन्नुभयो।

अतिथिको आसनबाट बोल्नु हुदै यती नेपाली एसोसिएसन युकेका अध्यक्ष कवि ध्रुव केसीले जहाँ हाम्रो नेपाली मन पुग्दछ त्यहा हाम्रो नेपालीपन पनि पु-याउनु पर्दछ भन्नुहुदै हाम्रो नेपालीभाषा साहित्य संस्कृति लोकसंस्कृति पहिरन र रीतिरिवाज चाड पर्वसबै हाम्रा नेपाली पहिचान हुन् यी सबै हामी सबैले जोगाएर लानुपर्दछ भन्नु भयो।

सभापतित्वको आसनबाट सम्वोधन गर्नुहुँदै सोससाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका अध्यक्ष माधव पराजुलीले आज हामीले नेपाली नयाँ वर्ष मनाएर हाम्रो गाउँ, घर,जन्मभूमि, संस्कार र संस्कृतिको सम्झना गरिरहेका छौ, सिर्जना र साहित्यमा स्वदेशको उपस्थिति गराएका छौँ भन्नु भयो।

शुभकामना सम्वोधन गर्नु हँदैनेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले हाम्रो जन्मकुण्लीसँग जोडिएको रगतको नाता रहेको नेपाली नयाँ वर्ष हाम्रा लागि प्यारो छ र नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन्१९९५ देखि नै निरन्तर मनाउँदै आइरहेको छ भन्नुभयो।

यसअघि स्वागत मन्तव्य दिनुहुँदै सोसाइटी अफनेप्लिज प्रोफेसनल्स् युकेका महासचिव दिलिप पौडेलले नेपाली सिर्जना र साहित्यको उर्जा बोकेर हाम्रो मुटुसँग जोडिएको नेपाली नयाँ वर्ष मनाउँन साहित्य साँझको आयोजना गरिएको चर्चा गर्नुहँदै वरिष्ठ समाजसेवी र सिर्जनशील व्यक्तित्वहरूको उत्साहवर्धक सहभागिताले कार्यक्रमलाई रोचक र महत्वपूर्ण बनाएको छ भन्नु भयो।

.

कार्यक्रमको सञ्चालन गर्नु हुदै नेपाली साहित्यविकास परिषद् यूकेका संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली माटोको सुभास बोकेको नेपाली नयाँ वर्षको आगमनले हामीलाई हरेक वर्ष स्वदेश पु-याउने गर्दछ यसैले हामीलाई आनन्द आउँछ र हामी सिर्जनामा देश बोक्छौ मुटूभित्र ठौ-याउँदछौँ भन्नु भयो।

कार्यक्रमा अन्य साहित्यिक संस्थाहरू साहित्य चौतारी युकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्मा, विश्व नेपाली साहित्य महासङ्घ दक्षिणउत्तर शाखा बेलायतका अध्यक्ष कवि विजय हितान, अन्तर्राष्ट्रिय नेपाली वाङ्गमय प्रज्ञा प्रतिष्ठानकी महासचिव कवयित्री मञ्जु भण्डारी र नेपाली मुक्तक प्रतिष्ठानकी सदस्य कवयित्री प्रतिमा केसीको सिर्जनात्मक उपस्थिति रहेको थियो।

गीत सङ्गीत हाँस्य ठट्यौली र कविता वाचनको साहित्यसंङ्गीत मिश्रण रहेको उक्त कार्यक्रममा बालकलाकार क्रेट दाहालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने कलाकार योगेश पराजुलीले राष्ट्रिय भावका गीतहरू गाएका थिए। यसैगरी वरिष्ठ व्यक्तित्व सर्जक डा.अर्कराज तिमिल्सिनाले हाँस्य ठट्यौलीहरू प्रस्तुत गर्नु भएको थियो भने न्युयोर्क, अमेरिकाबाट कवि कोमलभट्टले लयवद्ध एकाक्षरी कविता वाचन गरेका थिए।

यसैगरी कवितावाचन तर्फ भाग लिने अन्य कवि कवयित्रीहरूमा हरिसिँह थापा, कोमलप्रसाद श्रेष्ठ मल्ल, ध्रुवकेसी, माधव पराजुली, वसन्त रायक्षेत्री, वासु शर्मा, डा. सुधा श्रेष्ठ, कल्पना आङबुहाङ, डा.सङ्गीता श्रेष्ठ’स्वेच्छा’, विजयहितान, मञ्जु भण्डारी, कल्पना त्रिपाठी, प्रतिमा केसी, अहिल्या कुँवर, चुडामणी रेग्मी, विनोद न्यौपाने, योगेश पराजुली, रमेशदाहाल, संजिता देउजा कार्की, सरिता ढकाल , दीप गिरी रसुरेशजङ्ग शाह हुनुहुन्थो।

सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका अध्यक्ष माधव पाराजुलीको सभापतित्वमा सम्पन्न उक्त समारोहको सञ्चालन नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले स्वागत मन्तव्य सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका महासचिव दिलिप पौडेलले गरेका थिए।





Comments

comments

41506