हङकङ कोरोना न्युज अपडेट : युन लङमा बस्ने एक दम्पतिसहित ६ जना सङ्क्रमित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ अप्रिल। हङकङमा विहीवार ४ आयातित र २ स्थानीय गरी ६ सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६१९ पुगेको छ।

स्थानीय दम्पति सङ्क्रमितहरुमा युन लङको ६० ताई क्वाई चुन रोडस्थित ब्लक १९ मिडोल्याण्ड्समा बस्ने ३८ वर्षीय पुरुष र २९ वर्षीया महिला रहेका छन्।

आयातित ४ सङ्क्रमितमा फ्रान्स, इटाली, भारत र फिलिपिन्सबाट आएका रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२४६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२७ जनाको उपचार भइरहेको छ। ६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41497