नयाँ बर्षमा डिल्ली फोम्बोको यो मायाले के गर्यो

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, डिल्ली फोम्बो एण्ड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियोसहित रिलिज गरेका छन्।

“यो मायाले के गर्यो “बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द – संगीत रहेको छ भने सञ्जीब राईको संगीत संयोजन रहेको छ।

रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ।

.

लिम्बु समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको पोकन्दी र नेपाली लोक शब्द -संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए। लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएको गायक फोम्बोले बताए।

म्युजिक भिडियोः





Comments

comments

41500