पिएचडी गर्नेलाई एक लाखको नइ शोध पुरस्कार

काठमाडौँ, २ वैशाख। नइ प्रकाशनको रजत महोत्सवका उपलक्ष्यमा नेपाली भाषासाहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपियाँ राशि सहित नइ शोध पुरस्कार समर्पण गरिने निर्णय भएको छ।

राष्ट्रकवि डा.माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने भएको हो।

.

नइ प्रकाशनद्वारा नै उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लेखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जाराी विज्ञप्तिमा जनाईएको छ।

नइ रजत महोत्सवका अध्यक्ष वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो।





Comments

comments

41503