हङकङ कोरोना न्युज अपडेट : युन लङमा बस्ने ६ सहित १७ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ अप्रिल। हङकङमा शुक्रवार ११ आयातित र ६ स्थानीय गरी १७ सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६३६ पुगेको छ।

स्थानीय सङ्क्रमितहरुमा ५ जना युन लङको ६० ताई क्वाई चुन रोडस्थित ब्लक १९ मिडोल्याण्ड्समा बस्ने रहेका छन्।

आयातित ११ सङ्क्रमितहरुमा इन्डोनेसियाबाट ५, फिलिपिन्सबाट २, भारतबाट २, पाकिस्तानबाट १ र फ्रान्सबाट आएका १ जना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२५३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२६ जनाको उपचार भइरहेको छ। ६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

TIPS: तल सर्च बक्समा अंग्रेजीमा देशको नाम लेख्नुहोला।

फाइल फोटो




Comments

comments

41518