Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा लुकीलुकी कानुनविपरीत सुरूङ खन्ने उत्तर कोरियालीहरू फर्के

काठमाडौं फागुन १७ – पर्यटक भिसा (प्रवेशाज्ञा) मा नेपाल आएर काम गरेको भन्दै चौतर्फी आलोचना भएपछि ५४ जना उत्तर कोरियाली नागरिकहरु फर्किएका छन्। उत्तर कोरियाको नाम नाम कम्पनीले उनीहरुलाई एक हाइड्रो पावर कम्पनीको सुरुङ खन्न नेपाल पठाएको थियो। उनीहरु पुस अन्तिममा नेपाल आएका हुन्।

पर्यटक भिसाका विदेशीलाइ काम गर्न लगाएको भन्दै सुरक्षा निकायले दवाव दिएपछि सम्बन्धित कम्पनीले उनीहरुलाई सिन्धुपाल्चोकबाट फिर्ता बोलाएको थियो। काठमाडौ फर्किएपछि कामदार भिसाका लागि गृह मन्त्रालय र अध्यामगन विभागमा उनीहरुले लबिङ समेत गरेका थिए।

उनीहरुले पर्यटक भिसालाई परिवर्तन गरी कामदार भिसाका लागि गरेको कसरत असफल भएपछि फर्किएको स्रोतको दावी छ। उनीहरुले गृह मन्त्रालय र अध्यागमन विभागमा भिसा परिवर्तनका लागि ठूलो कसरत गरेको स्रोतले वताएको छ। सिन्धुपाल्चोकको एक हाइड्रोपावर कम्पनीका लागि ती उत्तर कोरियालीहरुले सुरुङ खन्दै गरेको समाचार अन्नपूर्ण पोष्टले प्रकाशित गरेपछि सुरक्षा निकायहरुले उनीहरुलाइ फिर्ता बोलाउन सम्वन्धीत कम्पनीलाइ आग्रह गरेको थियो।

विमानस्थल अध्यागमनका प्रमुख गोविन्द कार्कीले ती उत्तरकोरियालीहरु फर्किको पुष्टी गरे। पर्यटक भिसामा नेपाल आएका ती कामदारले भिसा परिवर्तनका लागि निकै ठूलो प्रयास गरेका थिए। उनीहरु कामका लागि केही मलेसियामा र केही अफ्रिकी मुलुक गएका छन्।

काठमाडौमा ओर्लिएपछि उनीहरुले अध्यागमन अधिकृतसॅग उत्तर कोरियाली दूतावासमा वस्ने भने पनि उनीहरु केही दिनकेा वसाइपछि सिन्धुपाल्चोक पुगेका थिए। उनीहरुलाई नेपालस्थित उत्तर कोरियाली दूतावासले संस्थागत रुपमा उनीहरुलाई सुरुङ खन्न जान सहयोग गरेको समाचार अन्नपूर्णपाेष्ट दैनिकले छापेको छ।

यसअघिका समाचार पनि पढ्नुहोस्…
किम जोन उनका जनता नेपालमा कानुनविपरीत सुरूङ खन्दै
काठमाडौं, माघ २५ – नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ(टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन्। ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ।

उत्तर कोरियामा रहेको ‘नाम नाम कम्पनी’ ले ती कामदारहरूलाई सुरुङ खन्न नेपाल पठाएको हो। पर्यटक भिसामा आएका ५४ उत्तर कोरियालीले कानुनविपरीत सिन्धुपाल्चोकको एक हाइड्रो पावर कम्पनीमा काम गरेकोबारे सरकार बेखबर छ।

नेपाल प्रवेशका लागि उनीहरूले पर्यटक भिसा लिएका छन्। पर्यटक भिसामा आएर कुनै पनि विदेशीले काम गर्नु अध्यागमन कानुनविपरीत हो। उनीहरूले विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्ने जिम्मेवारी समालिरहेका छन्। तीन महिनाको पर्यटक भिसामा नेपाल आएका उनीहरू केही दिन काठमाडौं बसाइपछि उक्त हाइड्रो पावर कम्पनीको सुरुङ खन्न सिन्धुपाल्चोक गएका थिए।

उनीहरूले सुरक्षा सावधानी नअपनाई सुरुङ खन्ने काममा संलग्न भएको पनि स्रोतले बताएको छ। यस्तै जोखिमपूर्ण काम गर्दा मलेसियामा गत वर्ष चार उत्तर कोरियालीको ज्यान गएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

घुम्न नेपाल आएको उत्तर कोरियाली पूर्वसैनिकहरूको हूल विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्न व्यस्त हुँदा सरकारलाई पत्तै छैन। ती उत्तर कोरियाली करिब एक महिनाअघि नेपाल आएका थिए। नाम नाम कम्पनीले नेपालको स्थानीय एक कम्पनीसँग सुरुङ खन्ने सम्झौता गरेबमोजिम ती उत्तर कोरियालीहरू सिन्धुपाल्चोक पुगेका हुन्। विमानस्थल अध्यागमन कार्यालयले उत्तर कोरियालीहरू तीनमहिने पर्यटक भिसामा नेपाल आएको पुष्टि गरेको छ।

विमानस्थल अध्यामगनका प्रमुख गोविन्द कार्कीले ती उत्तर कोरियालीको हूल पर्यटक भिसामा नेपाल आएको बताए। पर्यटक भिसामा नेपाल आएका कुनै पनि विदेशीले यहाँ काम गर्न नपाउने कार्कीले बताए।





Comments

comments

4154