Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्ता छन् कांग्रेस र एमालेलाई प्रचण्डको १० खबरदारी…

काठमाडौं, फागुन १७ – प्रचण्डले शनिबार ३० दलीय मोर्चाले खुलामञ्चमा आयोजना गरेको सभामा सत्तारुढ दल कांग्रेस एमालेलाई कडा खबरदारी गरेका छन्। प्रचण्डले आन्दोलनको मर्म र भावना नबुझी कांग्रेस–एमाले अघि बढे त्यसको परिणाम कठोर हुने भन्दै आफू मर्न तयार हुने तर कसैसँग नझुक्ने बताए।

प्रचण्डले एमालेप्रति कटाक्ष गर्दै एमालेलाई कांग्रेसमा गएर विलय हुन सुझाव समेत दिए। ‘कांग्रेस र एमाले दुईवटा पार्टी हुन् भन्ने भ्रम आजबाट हटोस् भन्ने म चाहन्छु। दुईवटा पार्टी होइनन्, एउटै पार्टी हो। पार्टी भनेको विचार हुन्छ, राजनीतिक मुद्दा हुन्छ। एमाले नेपालमा चाहिएको पार्टी नै होइन, कांग्रेसमा विलय भए हुन्छ,’ प्रचण्डले भने।

प्रचण्डले कांग्रेस एमालेको कोर्टमा बल फ्याँकिएको भन्दै कांग्रेस र एमालेले जंगले बोलेपछि बोल्यो बोल्यो भनेर पेल्न खोजे जनता महाजंगे भएर सबै कुरा खारेज गरिदिने दाबी गरे। उनले यो संविधानसभा ४ मंसिरको चुनावबाट आएको नभएर षड्यन्त्र, अपवाह, दमनका विरुद्द लडेर आएको भन्दै कांग्रेस–एमालेलाई भ्रममा नपर्न अपिल गरे।

प्रचण्डले क्रान्ति गणितमा कैद गर्न खोजिएको भन्दै क्रान्ति कुनै पनि हालतमा गणितमा कैद नहुने समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। उनले क्रान्तिलाई गणितमा कैद गर्न खोजिए त्यसको परिणाम कठोर हुने चेतावनी पनि दिए। प्रचण्डले पेलेर गए क्रान्तिको विकल्प नहुने पनि बताए। उनले विगतका सम्झौता तोड्ने दुस्साहस नरोके महँगो पर्ने चेतावनी पनि दिए।





Comments

comments

3847