Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

केजरीवालद्वारा दोस्रो पटक दिल्लीका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण

एजेन्सी, फागुन २ – दिल्ली विधानसभामा आम आदमी पार्टी (आप) ले चमत्कारिक विजयपछि रामलीला मैदानमा शनिवार नेता अरविन्द केजरीवालले दोस्रो पटक दिल्लीका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोहमा उनीसँगै अरु ६ जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गर्ने मन्त्रीहरूमा मनीष सिसोदिया, आसिम अहमद खान, सन्दीप कुमार, सत्येंन्द्र जैन, गोपाल राय र जीतेन्द्र सिंह तोमर छन्।


शपथ ग्रहण गर्दै केजरीवाल


शपथ ग्रहण गर्न घरबाट निस्कनुअघि आफ्नी आमाबाट आशिर्वाद लिदै केजरीवाल।

एक वर्षअघि अल्पमतको सरकार बनाएर ४९ दिनमै आजकै दिन अर्थात १४ फेब्रुअरीमा केजरवालले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए। गएको वर्ष सपथ ग्रहण गर्न मेट्रो रेलमा गएका केजरीवाल आज भने कारमा गएका थिए। सत्ता छाडेका अरविन्द केजरीवाल नेतृत्वको आपले यसै साता विधानसभाका ७० मध्ये ६७ सिट जितेको थियो।





Comments

comments

4157