Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यी आमा भन्छिन्- ‘ संबिधान छिटो बनाउ कि कुर्सि छोड !’

विजय थापा / एचकेनेपाल डट कम –
डिसी, ३ फाल्गुन। धरान घर भै बिगत ४ बर्षदेखि अमेरिकाको भर्जिनियाको हर्न डनमा बसोबास गर्दै आउनु भएकी ७१ बर्षीया अत्तर क्षेत्रीलाई पनि माघ ८ गते संबिधान नआएपछि मन कुटुक्क खाएछ।

सबै उमेरकालाई संबिधान बनेको हेर्न मन थियो तर बन्न सकेन। उमेरले ७० बर्ष नाघ्नु भै सक्नु भएकी नेपाल र अमेरिका आईजाई गर्नु हुने अत्तर क्षेत्री संबिधान छिटो बनेको हेर्न चाहनु हुन्छ।

नेताहरुको खिचातानी तथा कुर्सिको मोहका कारण संबिधान बन्न सकेन दुख लाग्यो भन्दै राजनैतिक दल र नेताहरुले मेरो कविता सुनुन् भनि व्यंगात्मक कविता रच्नु भएको छ। उहाँको कविता सुन्न अमेरिकामै जन्मेका बालबालिकाले घेरा हाल्दै सुनेका छन्। आफ्ना नाती नातीनिहरुलाई पनि सुनाउन मन लाग्छ भन्दै सबैको अगाडि वाचन गरेको कविता।

”संबिधान छिटो बनाउ कि कुर्सि छोड कि राजिनामा देउ “भन्ने कविता वाचन गर्दै ७१ बर्षीया आमा अत्तर क्षेत्रीको श्रब्य दृश्य…





Comments

comments

4400