Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजेश हमाल एनआरएन अधिवेशनको लागि अमेरिका आउने

विजय थापा / एचकेनेपाल डट कम –
डिसी, ३ फाल्गुन। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अधिवेशनको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अमेरिका आउने भएका छन्।

एनआरएन एनसीसी युएसको बार्षिक साधारण सभा आगामी मार्च २१ र २२ तारिख डिसी महानगर क्षेत्रको म्यारील्याण्ड राज्यको सिल्भर स्प्रिंग शहरको होटल हिल्टन डबल ट्रीमा हुने भएको छ।

दुई दिने अधिवेशनमा कलाकारहरुको बेजोड साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने भएकोले हमाललाई अधिवेशनमा बोलाईएको मुख्य संयोजक तथा वर्तमान वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले जानकारी दिए।

एनआरएनको इतिहासमै सबै भन्दा ज्यादा सदस्य भएको मुलुक अमेरिका बन्न सफल भएपछि एनआरएन अमेरिकाको यो अधिवेशन आशा गरिएको भन्दा ज्यादा सहभागी हुने देखिएको जानकारी तिवारीले दिए।

अधिवेशनमा एनआरएन आइसीसीका पूर्वअध्यक्षहरु, पदाधिकारीहरु, वर्तमान अध्यक्ष शेष घलेलगायत बिश्व भरिबाट नै अतिथिहरु, अमेरिका कै पचास वटै राज्यहरुबाट सहभागिता हुने देखिएकोले ५१ सदस्यीय एक मुल समारोह समिति बनाई सकिएको छ। यस बर्षको लागि एनआरएनले “एकै साथले एनआरएनलाई अझ मजबुत बनाउन सक्ने छ” भन्ने नारा राखेको छ।





Comments

comments

4404