धरहराको गजुरमा ९५ तोला सुन

पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ।

नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो।

उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ।

धरहरा

गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदै छ।

भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन । भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ।

कोरोना तथा लकडाउनलगायत कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ । त्यो समयभित्र निर्माण सम्पन्न हुने हो भने पनि सबै दृश्य अवलोकन गर्न सर्वसाधारणले अझै आठ महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ। आजको राजधानी दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

41634