हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएका २ जनासहित १४ सङ्क्रमित थपिए…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ अप्रिल। हङकङमा २ स्थानीय र १२ आयातित गरी १४ जना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७१९ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा भारतबाट ८, नेपालबाट २, टर्कीबाट १ र पाकिस्तानबाट आएका १ जना रहेका छन्।

स्थानीय २ सङ्क्रमितमा एक जना सान वाई ट्युन मुनमा बस्ने १९ वर्षीय पुरुष र अर्का चुन क्वान ओ बस्ने ३१ वर्षीया महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३१५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १४९ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41643