धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन्।

शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको अनुभव भएको बताए।

.

इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको उनले बताए । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औं तलामा आएको छ,’ उनले भने, ‘यो काठमाडौं र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुसी लागेको छ।’

.

म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत २४ करोड रुपैयाँ जम्मा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । धरहरा ढल्दा हामीलाई आफैं ढलेजस्तो र ठडिंदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको उनले बताए।

२०७२ साल वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन्। धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनले प्रतिबद्धता जनाए।

.

२०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचना जीआईटीसी/रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ। रासस





Comments

comments

41683