दिल्लीजस्तै दृश्य वीरगञ्जमा : एउटै बेडमा तीन जना संक्रमितको उपचार

कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ।

‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे।

सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा.नीरज सिंहले बताए । सोमबार सामाजिक सञ्जाल फेसबुक पेजमा उनले अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको तस्बिर राखेरै लेखेका पनि छन् ‘यो तस्बिर भारत दिल्लीको होइन, वीरगन्जकै नारायणी अस्पतालको आकस्मिक कक्षको हो । एउटै बेडमा २/३ जना संक्रमितलाई राखेर उपचार गरिरहेका छौँ।’

.

नारायणीमा कोरोना संक्रमित राख्न छुट्याइएको आइसोलेन कक्ष सोमबार बिहान संक्रमितले भरिएपछि आकस्मिक उपचार कक्षमै अन्य बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न परेको अस्पतालले जनाएको छ । ‘त्यसमा पनि बेड अभाव हुँदा एउटै बेडमा तीन जनासम्म संक्रमितलाई राखेर उपचार गर्नु प-यो,’ डा. सिंहले भने।

नारायणी अस्पतालमा संक्रमितका लागि जम्मा ३७ वटा वेड छुट्याएकोमा सबै फूल भएको अस्पतालले जनाएको छ । अब आकस्मिक कक्षमा नै अन्य बिरामीसँग संक्रमितलाई पनि राखेर उपचार गर्नुको विकल्प नभएको अस्पतालको तर्क छ।

आजकोराजधानी दैनिकमा समाचार छ।





Comments

comments

41756