हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो, आयातित सङ्क्रमित ४ मात्र…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ अप्रिल। हङकङमा स्थानीय सङ्क्रमितको संख्या शून्यमा झरेको छ भने ४ जनामात्र आयातित कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७४१ पुगेको छ।

आयातित ४ सङ्क्रमितहरुमा भारत, संयुक्त राज्य अमेरिका, केन्या र जापानबाट आएका रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३५४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३७ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41749