नेपालीलाई हङकङमा १५ महिना जेल सजाय

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ अप्रिल। शाटिन मजिस्ट्रेटको अदालतले एक नेपाली अवैध कामदारलाई १५ महिनाको जेल सजाय तोकेको छ।

अवैधरुपमा काम गर्दै गरेको अवस्थामा पक्राउ परेका ४१ वर्षीय एक नेपाली पुरुषलाई अप्रिल २३ तारिख जेलमा पठाएको हङकङको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

२१ तारिख गरिएको गैरकानुनी कामदार अपरेशनको बखत अध्यागमन विभागको टोलीले वोंग ताई सिनस्थित तरकारी पसलमा छापा मार्दा उनी पक्राउ परेका थिए।

फाइल फोटो

पक्राउ परेका बेलामा उसंग अध्यागमन विभागले जारी गरेको एक मान्यता प्राप्त कागजात थिए। जसले उनलाई हङकङमा काम गर्न पाउने अनुमति प्रदान गर्दैन।

अदालतले उनीमाथि हङकङमा अवैधानिक रुपमा प्रवेश गरेर बसेको, काम गरेको र कानुन नमानेको आरोपमा उनलाई १५ महिनाको जेल सजाय सुनाएको हो।

अध्यागमन विभागका प्रवक्ताले अध्यागमन अध्यादेशको धारा ३८एए मा तोकिएबमोजिम अवैध शरणार्थी वा निर्वासन आदेशको अवस्थामा रहेका व्यक्तिलाई रोजगारी नदिन चेतावनी दिएका छन्।

अवैध कामदारलाई रोजगार दिने व्यापार अपराधीलाई अधिकतम ५० हजार डलर जरिवाना र तीन बर्ष जेल सजायको भागीदारसमेत हुनेमा सचेत गराएका छन्।

अदालतले एक दिशानिर्देश जारी गर्दै यस्तो अवस्थामा अवैध कामदारलाई १५ महिनाको जेल सजाय हुने जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41739