हङकङ कोरोना न्युज अपडेट : ८ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २७ अप्रिल। हङकङमा ५ आयातित र ३ स्थानीय गरी ८ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७४९ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा भारतबाट २, इन्डोनेसियाबाट १, टर्कीबाट १ र जापानबाट आएका १ जना रहेका छन्।

स्थानीय ३ सङ्क्रमितहरुमा THE ROYAL GARDEN TST मा बस्ने ५१ वर्षीय पुरुष, Bamboo Mansions Whampoa Garden मा बस्ने ४२ वर्षीय पुरुष र Tower 7, Ocean Pride Tsuen Wan मा बस्ने ३९ वर्षीय पुरुष रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३७९ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२२ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41768