Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
तेस्रो मुलुक उड्न प्रतिबन्ध – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

तेस्रो मुलुक उड्न प्रतिबन्ध

कोरोना संक्रमण दर दैनिक बढ्न थालेपछि सरकारले नेपाल ‘ट्रान्जिट’ बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको छ।

सरकारको निणर्यसँगै आज बुधबार मध्यरात १२ बजेबाट त्रिभुवन विमानस्थललाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गर्ने विदेशी नागरिकको आगमनमा रोक लगाइने भएको हो ।

बाहिरबाट आउने यात्रुबाट थप कोरोना संक्रमण फैलाउन सक्ने जोखिम न्यूनीकरणको उपायस्वरूप अध्यागमन विभागले अन्तर्राष्ट्रिय उडान भर्नेलाई यस्तो जानकारी गराएको छ ।
विभागले पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएकाले अर्को सूचना जारी नभएसम्मका प्रतिबन्ध लगाएको जनाएको छ । नेपाल अन्तिम गन्तव्य बनाएर आउने र अन्तर्राष्ट्रिय हवाई यात्रुले पाउँदै आएको सेवा भने यसअघिको उडान तालिका अनुरूप नियमित रहनेछ ।

फाइल फोटो

हाल दैनिक साढे ३ लाखभन्दा बढी कोरोना संक्रमित संख्या देखिएको छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा नेपाल हुँदै आएका यात्रु साउदी अरबलगायत देशमा उडिरहेको पाइएपछि विभागले तेस्रो मुलुक उड्न नपाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालका अनुसार नियम कडाइसाथ लागू हुनेछ । ‘विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र बाहिर जाने यात्रुलाई भने रोक लगाइएको छैन,’ उनले भने, ‘कोरोनाको नयाँ लहर आएसँगै नेपालमा थप संक्रमित संख्या बढ्न सक्ने उच्च जोखिम मध्यनजर गर्दै यस्तो निर्णय गरेका हौं ।’

यो समाचार आजको राजधानी दैनिकमा छ ।





Comments

comments

41773