हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएका ३ सहित ७ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ अप्रिल। हङकङमा ६ आयातित र १ स्थानीय गरी ७ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७५६ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा नेपालबाट ३, फिलिपिन्सबाट २ जना घरेलु सहयोगी र भारतबाट आएका १ जना रहेका छन्।

स्थानीय १ सङ्क्रमितमा Hiu Kwai House, Kwai Chung Estate, Kwai Chung मा बस्ने ३२ वर्षीया महिला रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,३९२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ११७ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

41782