Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बिना काम घरबाट बाहिर ननिस्कनू – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

बिना काम घरबाट बाहिर ननिस्कनू

कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ।

संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना संक्रमण गति बढ्दै गएपछि बाध्यतावस निषेधाज्ञा जारी गरेको जानकारी दिए । बिनाकाम घर बाहिर ननिस्कन र जरुरी परे स्वास्थ्य मापदण्ड पूर्णपालना गरेर मात्र निस्कनसमेत उनले आग्रह गरे ।

‘संक्रमण गति बढ्दै गएपछि सरकारले बाध्यतावस निषेधाज्ञा जारी गरेको हो, संक्रमण गतिलाई चेनब्रेक गर्न हाम्रा गतिविधि नियन्त्रण गर्नुको विकल्प छैन,’ परराष्ट्रमन्त्री ज्ञवालीले राजधानीसँग भने, ‘जीवन रक्षाको यो लडाइ“मा सफलता प्राप्त गर्न स्वास्थ्य मापदण्ड पालना र बिनाकाम घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।’

फाइल फोटो

मन्त्री ज्ञवालीले अति आवश्यक काम परेर घरबाहिर निस्कनैपर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न र प्रशासनको आदेशानुसार गर्न आग्रह गरे । संक्रमण गति दिनदिनै तीव्र बन्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै बुधबार राति अबेरसम्म १५ जिल्लामा निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका अनुसार बुधबार रातिसम्म १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो ।

जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकका जिल्लामा पूर्णरूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ ।

आजको राजधानी दैनिकमा खवर छ।





Comments

comments

41799