हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएकासहित ४ सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३० अप्रिल। नेपालबाट आएका १ सहित हङकङमा ४ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७७५ पुगेको छ।

आयातित सङ्क्रमित २ जना थपिएका छन्। सङ्क्रमितहरुमा नेपालबाट १ र भारतबाट आएका १ जना रहेका छन्।

स्थानीय २ सङ्क्रमितहरुमा एक जना ३९ वर्षीया विदेशी घरेलुसहयोगी रहेकी छन्। त्यस्तै उनको हेरचाहमा रहेकी १० महिनाको बच्चीसमेत सङ्क्रमित भएको जनाइएको छ। घरेलुसहयोगीको सङ्क्रमकणको स्रोत खुलेको छैन।

यो केससंगै अब मे ९ तारिखदेखि सबै विदेशी घरेलुसहयोगीहरुले अनिवार्य कोभिड भारइरस परीक्षण गराउंनु पर्ने भएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४१६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ११५ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

41851