हङकङ कोरोना न्युज अपडेट : कोरोनाबाट थप १ को मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १ मे। कोरोना सङ्क्रमणबाट हङकङमा थप एक जनाको मृत्यु भएको हस्पिटल अथोरिटीले जनाएको छ।

मृत्यु हुनेमा ७० वर्षीया महिला रहेकी छन्। उनको ट्युन मुन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

हङकङमा २४ घण्टामा ८ जना आयातित कोरोना सङ्क्रमित थपिएको छ। यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७८३ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा इन्डोनेसियाबाट ४, भारतबाट २, फिलिपिन्सबाट १ र कम्बोडियाबाट आएका १ जना रहेका छन्।

स्थानीय सङ्क्रमितको संख्या भने पुनः शून्यमा झरेको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४३२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १०२ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

41858