हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, आयातित सङ्क्रमित २ मात्र…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ मे। हङकङमा २४ घण्टामा स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको छ। त्यस्तै २ जनामात्र आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७८५ पुगेको छ।

आयातित सङ्क्रमितहरुमा इन्डोनेसियाबाट आएका ३९ र ४४ वर्ष उमेरका २ जना महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४३२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १०२ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

41917