हङकङमा म्युटन्ट कोरोना भाइरस फैलाएका भारतीय इन्जिनियर र प्रेमिका पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ मे। हङकङको समुदायमा पहिलो पटक म्युटन्ट कोरोना भाइरस फैलाएका भारतीय इन्जिनियर र उनकी फिलिपिनो प्रेमिका आज पक्राउ परेका छन्।

उनीहरुले स्वास्थ्य अधिकारीलाई आफ्नो ठाउं लुकाएको आरोपमा प्रहरीले प्रकाउ गरेको जनाएको छ। उनीहरुमाथि सम्पर्क ट्रेस गर्ने प्रयासमा अवरोध खडा गरेको आरोप लगाइएको छ।

२९ वर्षीय भारतीय इन्जिनियरले भारतबाट दुबई हुंदै हङकङ आउंदा N501Y म्युटन्ट स्ट्रेन भाइरस बोकेर आएका थिए। उनी फिलिपिनो प्रेमिकासंग Parkes Building Mong Kok मा बस्दै आएका थिए।

फाइल फोटो

समाचारका अनुसार भारतीय इन्जिनियर र उनकी फिलिपिनो प्रेमिका प्रेमिकाकी ६७ वर्षीया आमाको घर Fung Hing House, Hing Wah (II) Estate Chai Wan मा आयोजित एक भेलामा सहभागी भएका थिए। भेलापछि No. 37 Fuk Wing Street, Sham Shui Po मा बर्थडे पार्टीमा सहभागी भएका थिए। जसको परिणाम ३ जना फिलिपिनो घरेलु सहयोगीहरूमा क्रस इन्फेक्सन भएको थियो।

भारतीय इन्जिनियर र उनकी फिलिपिनो प्रेमिका अप्रिल २८ र मे १ तारिख अस्पतालबाट डिस्चार्ज भएका थिए। भारतीय इन्जिनियरका कारण Parkes Building का बासिन्दाले २१ दिनको क्वारेन्टिन अवधि आज बिहान पूरा गरेका गरेका छन्।





Comments

comments

Leave a Reply

42097