हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको छ। यद्यपि ५ जना आयातित सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८०७ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएका ४ जना घरेलुसहयोगी र स्पेनबाट आएका एकजना रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४८६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७५ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42079