बेलायतमा दुई नेपाली बने काउन्सिलर

लन्डन : बेलायतको रश्मोर वरो काउन्सिलका दुई छुट्टाछुट्टै ठाउँबाट नेपाली मूलका दुई बेलायती काउन्सिलरका रुपमा विजयी भएका छन्।

अल्डरसटस्थित वेलिङटन वार्डबाट सामाजिक अभियानकर्मी जीव बेल्वासे र चेरीउडबाट समाजसेवी तथा भूपूगोर्खा नेम थापा विजयी भएका हुन्। नेपालीको बाक्लो बस्ती रहेको उक्त बरोमा बिहीबार सम्पन्न निर्वाचनको नतिजा शुक्रबार आएको हो।

वेलिङटनमा सम्पन्न निर्वाचनमा यहाँका तीन प्रमुख दल कन्जरभेटिभ, लेबर र लिबरल डेमोक्रेटका उमेदवारले भाग लिएका थिए। सबैभन्दा बढी मत प्राप्त गर्ने बेल्वासे सत्तारूढ दल कन्जरभेटिभबाट उम्मेदवार भई ५७८ मत प्राप्त गरे।

नेपाली मूलका दुई बेलायती काउन्सिलर

यसैगरी चेरीउडको निर्वाचनमा पनि नेम थापा सत्तारूढ दल कन्जरभेटिभ पार्टीबाटै उम्मेदवार थिए भने उनले ८९८ मत प्राप्त गरी विजयी भए।

प्रमुख प्रतिपक्ष दल लेबर पार्टीको वर्चस्व ठानिएका ती दुवै ठाउँमा कन्जरभेटिभबाट उनले विजयी हासिल गरे। वेल्वासेले जितेको ठाउँमा गत वर्ष पनि नेपाली मूलका बेलायतीले जितेका थिए भने नेम थापा भने त्यस ठाउँमा जित्ने पहिलो नेपाली मूलको बेलायतीका रुपमा चिनिन्छन्।

थापा मगर सङ्घ युकेको पूर्वअध्यक्ष तथा ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा हाल उपाध्यक्षका रुपमा रही समाजसेवामा तल्लीन छन्। त्यस्तै वेल्वासे ग्रेटर रश्मोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष तथा एनआरएनए युकेमा सक्रिय छन्। वेल्बासेको जन्मस्थान अर्धाखाँचीको भूमिका नगरपालिका खिल्जी हो भने थापाको तनहुँको व्यास नगरपालिका केशवटारमा पर्दछ। रासस





Comments

comments

Leave a Reply

42067