Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट : २ स्थानीय र १ आयातित थपिए… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट : २ स्थानीय र १ आयातित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ मे। सेन्टर फर हेल्थ प्रोटेशनले आज २ स्थानीय र १ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८०२ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी २२ वर्षीया महिला घरेलुसहयोगी रहेकी छन्।

स्थानीय २ सङ्क्रमितमध्ये एक जनाको सङ्क्रमणको स्रोत खुलेको छैन। एक जना ६७ वर्षीया फिलिपिनो महिला आफ्नी छोरीबाट सङ्क्रमित भएको जनाइएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४७३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८५ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42054