हङकङ कोरोना न्युज अपडेट : स्थानीय र आयातित गरी २ थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज हङकङमा स्थानीय र आयातित गरी २ जना कोरोना सङ्क्रमित थपिएका छन्। यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८१५ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट आएकी ४४ वर्षीया महिला रहेकी छन्।

स्थानीय सङ्क्रमितमा भारतीय इन्जिनियरकी फिलिपिनो प्रेमिकाको क्लोज कन्ट्याकमा रहेका ४२ वर्षीय पुरुष रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५०५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६७ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42200