हङकङ कोरोना न्युज अपडेट : किन्डरगार्टेनमा अध्ययनरत ४ वर्षीय बालकसहित ३ सङ्क्रमित थपिए …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज किन्डरगार्टेनमा अध्ययनरत ४ वर्षीय बालकसहित ३ जना कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८२२ पुगेको छ।

सङ्क्रमितमा १ स्थानीय र २ आयातित रहेका छन्। आयातित दुई जना इन्डोनेसियाबाट आएका घरेलुसहयोगी रहेका छन्।

स्थानीय सङ्क्रमितमा HKVNS Alumni Association Kindergarten मा अध्ययनरत ४ वर्षीय विद्यार्थी रहेका छन्। उनमा कसरी सङ्क्रमण भयो भन्नेबारे स्रोत खुलेको छैन।

फाइल फोटो

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५२१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42265