चीनले दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार थान सिलिण्डर तातोपानी नाकामा आइपुगेको जानाकारी दिएका छन्।

चीनको सहयोगमा

नेपाल सरकारले सहयोगको लागि अनुरोध गरेपछि चीन सरकारले ती सिलिण्डरहरू उपलव्ध गराएको हो।

त्यससंगै निजी क्षेत्रले मगाएको ७५ सय अक्सिजन सिलिण्डर पनि आएको अनौपचारिक जानकारी दिएको पाण्डेले बताए।

भोलिसम्म सबै सामाग्री काठमाडौ आइपुग्ने उनले बताए।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42288