हङकङ कोरोना न्युज अपडेट : ४ महिनाको बच्चासहित ४ जना सङ्क्रमित थपिए …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १६ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज ४ महिनाको बच्चासहित ४ जना कोरोना सङ्क्रमित थपिएका छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८२५ पुगेको छ।

सङ्क्रमितमा १ स्थानीय र ३ आयातित रहेका छन्। आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी ४० वर्षीया महिला, भारतबाट आएकी २९ वर्षीया महिला र रसियाबाट आएका ५५ वर्षीय पुरुष रहेका छन्।

स्थानीय सङ्क्रमितमा फिलिपिनो नर्सको भाइको ४ महिनाको छोरा रहेका छन्। फिलिपिनो नर्स भारतीय पुरुषका प्रेमिका हुन्। ती भारतीष पुरुषमा दुबईबाट आउंदा म्युटन्ट भाइरस देखिएको थियो।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५२५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ५६ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42295