नेपालकी छोरी सुकृतिलाई अमेरिकामा ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार

विजय थापा, ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखिका सुकृति शर्मालाई ब्लूमक्विस्ट पारिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट-२०२१ बर्ष पुरस्कार प्रदान गरेको छ।

परिवार, बिद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक बिद्यार्थीलाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ।

फाइल फोटो

ब्लूमक्विस्ट पारिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्थामार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।

पुरस्कार पाएपछि नेपाली -अमेरिकी चेली सुकृति शर्माले भनिन, यो उनको कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सृजनशिलताको परिणाम हो। सुकृतिले आफ्नो भाई साइमनसंग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रह अमाजनमा उल्लेखनिय रुपमा बिक्रि भैरहेको छ।

पुस्तकलाई फेयरफ्याक्स काउन्टि पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ। उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनानस्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन्।

सुकृति र साइमन

भविष्यमा विश्व भरीका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाएकी सुकृतीले सानै उमेरदेखि स्थानीय एबम राष्ट्रिय स्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहेकी छिन्।

“अमेरिकाको भविष्यका डाक्टरहरु” नामक स्कूल स्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतिले सप्ताहान्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा काम गर्दै आइरहेकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42306