हङकङ कोरोना न्युज अपडेट : आज २ स्थानीय सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार आज २ जना स्थानीय कोरोना सङ्क्रमित थपिएका छन्।

स्थानीय सङ्क्रमितमा ४३ वर्षीय पाकिस्तानी पुरुष र ३७ वर्षीया फिलिपिनो घरेलुसहयोगी रहेका छन्। दुबै जनाको संक्रमणको स्रोत खुलेको छैन।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३६ पुगेको छ।

पाकिस्तानी पुरुष चेङ क्वान ओ लाम टिन टनेलमा कार्यरत छन्। फिलिपिनो घरेलुसहयोगी साइ कुङको ताइ तुङ वो लिउ भिलेजमा कार्यरत थिइन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५६० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ३३ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42507