Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

झन् धनी भए विश्वका अर्वपति नेपाली विनोद चौधरी

विश्व अर्बपतिको सूचीमा १३ सय ६ स्थानमा
काठमाडौं, माघ २८- उद्योगपति विनोद चौधरी यसपटक पनि विश्व धनाढ्य सूचीमा पर्न सफल भएका छन्। उनको सम्पत्ति अघिल्लो वर्षको तुलनामा २० करोड अमेरिकी डलर (करिब बीस अर्ब रुपैयाँ) ले बढेको छ।

विश्वका अर्बपतिको सूची सार्वजनिक गर्ने प्रसिद्ध फोब्र्स म्यागेजिनका अनुसार चौधरीको सम्पत्ति सन् २०१४ मा एक अर्ब ३० करोड डलर पुगेको हो। नेपालबाट अर्बपतिको सूचीमा पर्ने विनोद चौधरी एकमात्र उद्योगपति हुन्। सन् २०१३ मा चौधरीको सम्पत्ति एक अर्ब १० करोड डलरमात्र थियो।

फोब्र्सले अमेरिकी डलरमा कम्तीमा एक अर्ब सम्पत्ति हुनेलाई यो सूचीमा समावेश गर्दै आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। फोब्र्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार विनोद चौधरी विश्व अर्बपतिको सूचीमा १३ सय ६ स्थानमा छन्। गत वर्ष उनी १४ सय ६५औं स्थानमा थिए। यस हिसाबले चौधरीको विश्व अर्बपतिको स्थानमा पनि सुधार भएको छ।

५९ वर्षीय चौधरीले नेपालमा सीजी ग्रुपमार्फत व्यवसाय सञ्चालन गरेका छन्। सीजीको वाइवाइ लोकप्रिय ब्रान्ड भएको छ। वाइवाइ विश्वका थुप्रै मुलुकमा निर्यात पनि हुन्छ। यसैगरी, बैंक, होटेल, हाइड्रोपावर, सिमेन्ट, विद्युतीय सामग्रीमा उनको लगानी रहेको छ।

फोब्र्सले विदेशी साझेदार कम्पनीमा गरिएको लगानीले चौधरीलाई विश्व धनाढ्य सूचीमा पार्न सकेको उल्लेख गरेको छ। चौधरीले सिन्नोभेसन-सीजी ग्रुपमार्फत विभिन्न मुलुकमा लगानी गर्दै आएका छन्।

फोब्र्सको अनलाइन संस्करणका अनुसार चौधरीको नबिल बैंकमा बहुमत सेयर रहेको छ भने वाइवाइ विश्वव्यापी ब्रान्ड बन्ने तयारीमा छ। यसैगरी, चौधरीको एसिया तथा अफ्रिकी मुलुकमा होटेलमा लगानी छ। हालैमात्र युगान्डा, रुवान्डा तथा ब्रुनाईमा संयुक्त लगानीमा होटेल व्यवसायमा सञ्चालन गरेका छन्।





Comments

comments

4253