कतारमा चेलिबेटीलाई सम्मान

बिल गुरुङ / एचकेनेपाल डट कम –
दोहा, कतार । कतारवासी तमूहरुले चेलिबेटी भोजको आयोजना गरेर आफनो परम्परालाई प्रवासमा पनि बचाई राख्ने प्रयास गरेका छन्। विशेषतः माघे सक्रान्तिका दिन आयोजना गरिने चेलिबेटी भोज कार्यक्रम कतारवासी तमूहरुले भने गत फरवरी ६ तारिख शुक्रवारका दिन समाल पब्लिक गार्डेनमा आफना चेलिहरुलाई निमन्त्रणा गरेर यस वर्षको चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको समाचार छ।

तमू (गुरुङ) समाज कतारको आयोजनामा समाजका अध्यक्ष कृष्ण तमूको सभापतित्व र संरक्षक बिलबहादुर तमूको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। प्रथम उपाध्यक्ष खेम तमूले मन्तब्य मार्फत आमन्त्रित चेलिहरु र सहभागि सबैलाई स्वागत गर्दै कार्यक्रम वारे प्रकास पारेका थिए । समाजका सल्लाहकारहरु बुधबल तमू, जगन तमू, बुद्ध तमू, मदन तमू र आ“शु तमू सहित शाखा समितिहरुबाट तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सूर्य तमू, महिला बिभागकी संयोजक टौमाया“ तमूस्यो, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक हरीकाजि तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक रनबहादुर तमू लगायत तमू प्ये ल्हु संघ कतार शाखाका अध्यक्ष युद्धजंग (दुर्गा) तमू, गोर्खा सेवा समाजका अध्यक्ष आशबहादुर तमू, चितवन युवा समुहका अध्यक्ष भुमिराज कार्की, नृत्य निर्देशक द्वय किरण तमू र गजेन्द्र मल्ल साथै ठूलो संख्यामा चेलिबेटीहरु र दाजुभाईहरुको सहभागिता रहेको कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए।

सम्मान कार्यक्रमः
चेलिबेटीलाई भोज खुवाई सकेपछि समाजको तर्फबाट संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि बिलबहादुर तमूबाट सबै चेलिबेटीलाई क्रमु (पछयौरी) ले सम्मान गरियो । परदेशमा पनि यसरी दाजुभाईहरुबाट सम्मानित हुन पाउदा अत्यन्त खुशी लागेको चेलिबेटीहरुको प्रतिकृया थियो। दाजुभाईको निम्तो मान्न आउने चेलिहरु खालि हात कहाँ आउथे र सबै चेलिबेटीहरुको तर्फबाट महिला बिभागकी संयोजक टौमायाँ तमूस्योले संरक्षक बिलबहादुर तमू र अध्यक्ष कृष्ण तमूलाई क्रेगी (फेटा) ले सम्मान गर्दै दाजुभाईहरुलाई कोसेली स्वरुप शेलरोटी प्रदान गरिन्।

तमू सांस्कृतिक परिवारका कलाकारहरुको नृत्य कम्पोज गर्ने दुई जना नृत्य निर्देशकहरु सम्मानित भएका छन्। ल्हु ल्होसार विशेष कार्यक्रम २०१५ सफल बनाउन अत्यन्त सहयोगी भुमिका खेल्नु भएका नृत्य निर्देशक द्वय किरण तमू र गजेन्द्र मल्ललाई तमू समाजको तर्फबाट परम्परागत रुपमा क्रेगी (फेटा) र ह्ेङा (भाङग्रा) तथा सम्मानपत्रले सम्मान गरियो । त्यसै गरि तमू ल्हु ल्होसार कार्यक्रम सफल बनाउन आकर्षक नृत्य तथा गायन कला प्रदर्शन गर्ने कलाकारहरुलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । समाजका संरक्षक तथा प्रमुख अतिथि बिलबहादुर तमू, अध्यक्ष कृष्ण तमू र तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमूले सम्मानित कलाकारहरुलाई मायाको चिनो र प्रशंसापत्र प्रदान गरेका थिए।

आकर्षक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रमः
चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रमलाई अरु यादगार बनाउन विभिन्न खेलकुद प्रतियोगिताहरुको पनि आयोजना गरिएको थियो। समयाभावका कारण सबै खेल समावेस गर्न सकिएन तर जे जति सम्भव भयो सबै सफलताका साथ सम्पन्न भएका थिए । खेलकुद सम्बन्धि ब्यवस्थापन र सञ्चालनको सबै जिम्मेवारी तमू खेलकुद समितिले लिएको थियो।

डोरी तान्ने खेलमा तमू प्ये ल्हु संघ प्रथमः
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन तमू समाजका केन्द्रिय समिति, सल्लाहकार समिति, शाखा समितिहरु लगायत अन्य समुह विच डोरी तान्ने खेलको आयोजना गरिएको थियो । यस खेलमा सबै समुहलाई पछि पार्दै तमू प्ये ल्हु संघ शाखा कतारको टिमले प्रथम स्थान हासिल गरेको थियो । टिमका सबै सदस्यहरुलाई ढाका टोपी पुरस्कार दिईएको थियो।

गोर्खाका गोरे तमू ल्हु ल्हो वर्षको तमू म्रु घोषितः
तमूहरुको मौलिक खेल छेलो फालेर म्रु (राजा) छान्ने परम्परालाई विगत वर्षहरुदेखि नै कतारमा पनि निरन्तरता दिईदै आएको छ। प्रत्येक वर्ष चयन गरिने कतारको तमू म्रु (गुरुङ राजा) को उपाधि यस वर्ष गार्खा जिल्ला केरावारी गाविस वडा नं.८ भिरसिंहका गोरे तमूले जितेका छन्। त्यसरी नै उक्त प्रतियोगितामा गार्खा जिल्ला केरावारी गाविस वडा नं.७ का गोरे (दान) तमूले दोश्रो स्थान प्राप्त गरेका थिए । तमू म्रु र दोश्रो स्थान लिन सफल ब्यक्तिहरुलाई समाजका संरक्षक तथा प्रमुख अतिथिले क्रेगी (फेटा) का साथमा प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए।

मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमः
चेलिबेटी भोज तथा कलाकार सम्मान कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन तमू सांस्कृतिक परिवारका कलाकारहरुको बेजोड प्रस्तुतिहरु रहेको थियो । एकल तथा सामुहिक नृत्यले उपस्थित सबैलाई मन्त्र मुग्द बनाउन सफल कलाकारहरुमा अनिता तमूस्यो, पुष्पा तमूस्यो, सरस्वती तमूस्यो, यशोदा बस्नेत, मिना नगरकोटी, जंग तमू, प्रशिम तमू, अजय परियार आदि थिए । त्यसै गरि तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, सचिव हितमान घले तमू, कबिन तमू, दामोदर न्यौपाने आदिले सुमधुर गीतहरु गाएर कार्यक्रमलाई मन मोहक बनाएका थिए । सांस्कृतिक कार्यक्रमलाई तमू सांस्कृतिक परिवारका सचिव हितमान घले तमू र महिला बिभागकी सहसंयोजक कल्पना तमूस्योले आकर्षक ढंगबाट सञ्चालन गरेका थिए।

भाग्यशाली चिठ्ठाको नतिजाः
तमू ल्हु ल्होसार २०१५ का अवसरमा तमू (गुरुङ) समाज कतारले सञ्चालन गरेको भाग्यशाली चिठ्ठाको नतिजा प्रकासित गरिएको छ । गत २ जनवरीका दिन आयोजति ल्हु ल्होसार बिशेष कार्यक्रममा प्रकाशित गर्नु पर्ने भाग्याशाली चिठ्ठाको नतिजा प्रकाशन गर्ने मिति विशेष कारणले पछि सारिएको थियो । प्राप्त नतिजा अनुसार प्रथम पुरस्कार ल्यापटप विजेता ओमराज गुरुङ चिठ्ठा नं. ६०७, द्वित्तीय पुरस्कार क्यामेरा विजेता दमसार चिठ्ठा नं. ५६३, तृत्तीय पुरस्कार ट्याबलेट विजेता रामबाबु चिठ्ठा नं. ७१८, मोबाई फोन विजेताहरु (७ जना) क्रमशः पुनरम भण्डारी चिठ्ठा नं. ७०६, सिताराम थापा चिठ्ठा नं. १३५१, गुणानन्द राजबंशी चिठ्ठा नं. ४७२, भरजेल अरबोलेरस चिठ्ठा नं. ३५०, रशन थापा मगर चिठ्ठा नं. ८०७, रबि गुरुङ चिठ्ठा नं. १०८ र भिम बि.क. चिठ्ठा नं. ५०९, पेन ड्राईभ विजेताहरु (३ जना) क्रमशः सन्देश खत्री चिठ्ठा नं. ७२८, सन्दिप चिठ्ठा नं. १० र कृष्ण नेपाली चिठ्ठा नं. १३१५ छन । विजेताहरुले भाग्यशाली चिठ्ठाको अर्ध कट्टी सहित यहि फरवरी २० तारिख शुक्रवार साँझसम्ममा आयोजकसँग सम्पर्क गरि उपहार लिई सक्नु पर्ने एक सूचना मार्फत बताईएको छ।

अन्तमा कार्यक्रम सफल बनाउन अहोरात्र खटेका समाज र शाखा समितिका पदाधिकारी तथा सदस्यहरु र समाजको निम्तो स्विकारी आई दिनु भएका सबै चेलिबेटीहरुलाई अध्यक्ष कृष्ण तमूले धन्यवाद सहित शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई विधिवत रुपमा समापन गरेका थिए।

थप तस्वीरहरू यहाँ छन्

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4267