Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

साउदी राजकुमार शिकार खेल्न नेपाल आउँदै

काठमाडौ, माघ २९- साउदी अरबका राजकुमार अल-वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन्।

विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै अाएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन्।

चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए। सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन्। सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन्।

यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए। तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन्। उनी चर्चित व्यापारीसमेत हुन्।

‘राजकुमारज्यूले सिकारका लागि हाम्रो कम्पनीसंग बुकिङ गराइसक्नुुभएको छ’, सफारीका मेनेजर अमृत थापाले भने, ‘उहाँको सचिवालयका अधिकारीहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ, उपयुक्त समयमा नेपाल आउने भनी खबर गरिएको छ।’

त्यसअघि थापाले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर र झारलको सिकार गराउन अनुमति लिनेछन्। विभागले सिकारको लाईसेन्स भएका कम्पनीवीच प्रतिस्पर्धा गरी नाउर र झारलको सिकार अनुमति दिन्छ। त्यसपछि कम्पनीले देश विदेशका इच्छुक सिकारी खोजी गरी ढोरपाट ल्याउँछन्। विभागले वार्षिक नाउर २६ देखि ३० र झारल ११ देखि १६ वटासम्म सिकार गर्न दिन्छ। ढोरपाटनमा करिब १६ सय नाउर रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

4280