Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मानसिक अस्पतालमा करिना कपुर

काठमाडौं, माघ २९ – रोगको अभिनय गर्न त्यति सजिलो छैन, त्यसमाथि मानसिक रोगीको। बलिउड अभिनेत्री करिना कपुर मानसीका रोगीका रुपमा गर्नुपर्ने अभिनय सिक्न मानसिक अस्पताल नै पुगेकी छन्।

‘अमिर’ र ‘नो वन किल्ड जेसिका’ जस्ता चर्चित चलचित्र बनाएका निर्देशक राजकुमार गुप्ताको निर्देशनमा बन्ने चलचित्रमा उनी यस्तो भूमिकामा अभिनय गर्न लागेकी हुन्।

करिनाले मानसिक रोगले विक्षिप्त बनेकी महिलाको रुपमा कस्तो उपस्थिति जनाउने हुन्, त्यो त चलचित्र प्रदर्शनी भएपछि मात्रै थाहा हुन्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ। यो चलचित्र भारतीय दण्ड संहिताको धारा ८४ लाई आधार बनाएर निर्माण गरिएको बताइएको छ। यो धारामा मानसिक रोगबाट मुक्त नभएसम्म कुनै पनि आरोप लगाउन नपाउने उल्लेख छ।





Comments

comments

4282