Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

डन दीपक मनाङेका बावुछोरा दुबै फिल्म क्षेत्रमा

काठमाडौं, माघ २९ – डनका रुपमा परिचित दीपक मनाङ (राजिव गुरुङ) फिल्म निर्माताका रुपमा समेत प्रस्तुत भएका छन्। चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईसँग मिलेर उनले निर्माण गरेको फिल्म वान वेको बुधबार राजधानीमा प्रिमियर गरियो।

शुक्रबार अर्थात् १ फागुनबाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको वान वे हेर्न नवनिर्माण मनाङे सिटिसी महल, सुन्धारा पुगेका थिए। सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको फिल्ममा दीपकका छोरा सिद्धार्थ गुरुङ हिरोका रुपमा डेब्यु गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

छोरो हिरो भएको फिल्म हेर्न पुगेका मनाङेले फिल्मको तारिफ गरे। उनले सिद्धार्थको काम पनि मन परेको बताए। सोभन्दा पहिले गरिएको औपचारिक कार्यक्रममा उनले केही पनि बोलेनन्। सिद्दार्थले फिल्म आफ्नो लागि नौलो अनुभव भएको बताए भने अभिनेत्री माला सुब्बाले निकै सहज रुपमा काम गरेको अनुभव सुनाइन्। त्यसैगरी अभिनेता विल्सनविक्रम राईले सुटिङका क्रममा हिरो, हिरोइन, भिलेन सबैले अंग्रेजी बोलेकाले आफ्नो अंग्रेजी सुध्रिएको ठट्यौंली गरे।





Comments

comments

4276