Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उर्जामन्त्री ठेकेदारको पैसामा फ्रान्स जाँदै

काठमाडौं, चैत १६ – उर्जामन्त्री राधाकुमारी ज्ञवाली नेतृत्वको टोली बुढीगण्डकी जलविद्युत्त आयोजनाको ठेकेदारको खर्चमा फ्रान्स भ्रमणमा जान लागेको छ। कर्मचारी पठाउनुपर्नेमा उर्जामन्त्री पदीय मर्यादा ख्याल नै नगरी भ्रमणमा जान लागेकी हुन्।

मन्त्री ज्ञवालीको टोली २६ चैतमा फ्रान्स जाँदै छ। बुढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययन गरिरहेको ठेकेदार फ्रान्सेली कम्पनी ट्याक्टवेल इन्जिनियरिङले मन्त्री नेतृत्वको टोलीको सम्पूर्ण खर्च ब्यहोर्नेछ। यसका लागि साढे एक करोड रुपैयाँभन्दा बढी खर्च हुने र यो रकम ठेक्कामा जोडिनेछ।

बुढीगण्डकी विकास समितिले मन्त्रीको भ्रमण व्यवस्थाका लागि सबै तयारी ठेकेदार कम्पनीलाई निर्देशन दिइसकेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। उर्जा मन्त्रालयले मन्त्रीको भ्रमण स्वीकृति प्रस्ताव बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ।





Comments

comments

4257