कोरोनाको दोश्रो खोप लिनेलाई १०.८ मिलियनको घर!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ मे। साइनो ग्रुपले कोविड-१९ को दोश्रो खोप लिईसकेका नागरिकलाई ग्राण्ड सेन्ट्रलको १०.८ मिलियन पर्ने अपार्टमेन्ट लक्की ड्रमा प्रदान गर्ने घोषणा गरेको छ।

हङकङमा कोरोनाको खोपप्रति नागरिकहरु उदासिन हुंदै गइरहेको अवस्थामा यस्तो अवसर आएको हो।

ग्राण्ड सेन्ट्रल

साइनो ग्रुपको NG TENG FONG CHARITABLE FOUNDATION र Chinese Estates Holdings ले Grand Central 33, Hip Wo Street Kwun Tong स्थित १०.८ मिलियन हङकङ डलर बराबरको अपार्टमेन्ट प्रदान गर्ने शुक्रवार घोषणा गरेका हुन्।

कोविड-१९ को दोश्रो खोप लिईसकेका नागरिकले यस लक्की ड्रमा सहभागी हुन पाउने छन्। यसअघि नै दोश्रो डोज लिइसकेका १८ वर्ष माथिका सबै स्थायी नागरिकले लक्की ड्रमा सहभागी हुन पाउंने छन्। भ्याक्सिन जुन भए पनि उसले दोश्रो डोज पूरा गर्नु पर्ने छ।

खोपको दोश्रो डोज लिइसकेपछि लक्की ड्रमा सहभागी हुने / नहुने नागारिक स्वंयले निर्णय गर्न सक्नेछन्।

अपार्टमेन्ट

त्यसबाहेक सबै स्थायी र गैरस्थायी बासिन्दाहरू, विदेशी घरेलु सहयोगीहरू र वर्किङ भिसामा काम गर्नेले २० वटा लक्की ड्रमा जित्ने अवसरसमेत पाउने छन्।

लक्की ड्रमा सहभागी हुने अन्तिम मिति १ सेप्टेम्बर २०२१ रहेको छ। आजैमात्र यो घोषणा भएकोले विस्तृत विवरण अपडेट गरिने जनाएको छ।

यो समाचार शेयर गरेर अरुलाई सहयोग गर्नुहोस्…





Comments

comments

Leave a Reply

42589